Sat. Sep 21st, 2024

काठमाण्डाै उपत्यकामा भदाै २४ सम्म निषेधाज्ञा

काठमाडौं, २०७७ भदौं १७ गते बुधबार

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।

बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

उज्यालो अनलाईनका अनुसार उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएकाे थियाे ।

यसअघि दैनिक उपभाेग्य वस्तु बिक्री वितरणका लागि सवा ९ बजेसम्म ताेकिएकाेमा अब बिहान ११ बजेसम्म पाइनेछ । त्यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधन उपत्यका प्रवेश गर्न पाउने छन् ।

यो अवधिमा के गर्न पाइन्छ के गर्न पाइँदैन–

 

Facebook Comments