Thu. Apr 25th, 2024

डाउन पिलुवा खोला जलविद्युत् आयोजनामा ३ वाणिज्य बैंकको १ अर्ब २३ करोड लगानी

काठमाडौं, २०७७ भदौं १७ गते बुधबार

संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत् आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरणमार्फत् लगानी जुटाइएको छ । सो आयोजना रिभर फल्स् पावरद्वारा प्रवद्र्धित छ ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा बैंकहरुले ७०ः३० को ऋणः स्वपुँजी अनुपातमा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड रुपैयाँ र प्रभु बैंकबाट २५ करोड रुपैयाँ लगानी हुनेछ । साथै ३०५ स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने बताइएको छ ।

कम्पनीले सो आयोजना २.५ वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सवस्टेशनमा जोडिने छ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घण्टा र वर्खामा ७.६८५ गिगावाट घण्टा विद्युत् उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठिन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाउनु भयो र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे ।

कम्पनीको तर्फबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिँदै आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको बताए । साथै, परियोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने विश्वास व्यक्त उनले गरे । कारोवार दैनिक अनलाईनबाट

Facebook Comments