Mon. May 6th, 2024

पेट्रोलको मूल्य फेरी बढ्यो, प्रति लिटर १०७ रुपैयाँ

काठमाडौं, २०७७ भदौं १६ गते मंगलबार

सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताउनु भयो ।

यस अघि सरकारले साउन ३२ गते पनि पेट्रोलको प्रति लिटर एक रुपैयाँ मूल्य बढाएको थियो ।

Facebook Comments