Sat. Apr 27th, 2024

प्रधानमन्त्रीलाई देउवाले भने, ‘कोरोना संक्रमण तीब्र छ, सरकार किन गम्भीर छैन ?

काठमाडौं, २०७७ भदौं १ गते सोमबार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कमजोरीको समीक्षा गरेर नयाँ रणनीति बनाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको भेटमा देउवाले कोरोना महामारीमा बढ्दो चुनौती सामना गर्न सरकार असमर्थ देखिएको बताएका हुन् । उनले कामको गति बढाउन सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरेका छन्।

‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ। बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन।’ भेटपछि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?’

उनले सिन्धुपाल्चोकको जुगल गापाको लिदिका गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको बताए। ‘देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ।’ देउवाले भनेका छन्,‘सरकारको भुमिका सन्तोषजनक देखिएन। व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु।’

सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन्। गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ। यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिप्रति कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी भएको भन्दै देउवाले निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनैतिक पुर्वाग्रह बढी देखिएको टिप्पणी गरे।

भेटमा संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा देउवासँग परामर्श गरेका थिए। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments