Thu. May 9th, 2024

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

काठमाडौं, २०७७ भदौं १ गते सोमबार

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ ।

कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको विश्लेषण गरिएको छ ।

तर जापानी मन्त्रिपरिषद् कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्रै राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन् २००९ मा देखिएको थियो । जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको देशमा पर्छ।

कोभिड-१९ बाट सङ्क्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो । जापानको निर्यातमूखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको विज्ञले बताएका छन् । जापानमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या झण्डै ५६ हजार छ । उज्यालो अनलाईनबाट

Facebook Comments