Wed. Apr 17th, 2024

न्युयोर्कमा ३६ घण्टामा कम्तीमा ३६ गोली प्रहारका हिंसात्मक घटना

काठमाडौं, २०७७ साउन ३२ गते आईतबार

अमेरिकाको “न्युयोर्क न्यूजडे”ले जनाएअनुसार, न्यूयोर्क शहरमा गोली प्रहारका हिंसात्मक गतिविधिहरू जारी रहेका छन्। यस सप्ताहन्तमा ३६ गोली प्रहार घटना भएका छन्। जसबाट २ जनाको मृत्यु भएको छ।

न्युयोर्क प्रहारी ब्युरोका प्रवक्ताका अनुसार, स्थानीय समयबमोजिम अगष्ट १४ तारिख विहानसबेरैदेखि १५ तारिख मध्यान्हसम्म न्युयोर्क शहरमा कम्तीमा २३ पटक गोली प्रहारका घटना भएका छन्। ती हिंसात्मक घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  विगत चार सातामा न्युयोर्कको गोली प्रहार घटना गत वर्षको सोही अवधिको तुलनामा करीब तीन गुणाले बृद्धि भएको छ।

Facebook Comments