Mon. Apr 20th, 2026

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरी बढ्यो

       

काठमाडौं, २०७७ साउन ३२ गते आईतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसारआइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो।

भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार