Thu. May 16th, 2024

कोरोना संक्रमणका कारण ७ लाख ६७ हजार भन्दा धेरैको मृत्यु

काठमाडौं, २०७७ साउन ३२ गते आईतबार

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ करोड १६ लाख ३१ हजार ७ सय अठ्ठाईस नाघेको छ ।

यस्तै कोरोना संक्रमणका कारण ७ लाख ६९ हजार २ सय २० जना भन्दा धेरैको मृत्यु भैसकेको छ भने १ करोड ४३ लाख ४० हजार ७ सय ८५ जना संक्रमित कोरोना मुक्त भएका छन् । पछिल्लो चौविस घण्टामा विश्वभर थप २ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् भने ५ हजार १०० जना भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना महामारीका कारण अमेरिकामा १,७२, ६०६, ब्राजिलमा १,०७, २९७, भारतमा ५०, १२२, मेक्सिकोमा ५६, ५४३, पाकिस्तानमा ६,१६८ र सुडानमा ७,९८ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments