Sun. May 5th, 2024

अमेरिकी व्यक्तिमाथि प्रतिबन्ध लगाउँदै चीनको जवाफी कदम

काठमाडौं, २०७७ साउन २७ गते मंगलबार

अगष्ट १० तारिखदेखि हङकङ सम्बन्धमा खराब गतिविधि गरेका ११ जना अमेरिकीलाई प्रतिबन्ध लगाउने घोषणा चीनको परराष्ट्र मन्त्रालयले गरेको छ। हालै अमेरिकाले चीनको केन्द्रीय सरकारी विभागहरू तथा हङकङ विशेष प्रशासनिक सरकारी पदाधिकारी लगायत ११ जनामाथि प्रतिबन्ध लगाउने घोषणाको यो नै चिनियाँ जवाफी कदम हो। चीनको यस्तो कदमको आधार भएको आवश्यक कदम हो जसबाट अमेरिकाको धम्कीसामु नडराएको र चीनको सार्वभौमसत्ता, हित तथा गौरवको दृढ संरक्षण गर्ने स्पष्ट प्रकाश पारिएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  प्रतिबन्ध नामावलीमा समेटिएकाहरूमध्ये अमेरिकी सांसद, केही अमेरिकी गैर सरकारी संगठनका जिम्मेवार व्यक्ति छन् जो लामो समयदेखि हङकङ मामिलामा हस्तक्षप गर्न खोजिरहेका साथै एक देश दुई व्यवस्थालाई बङ्ग्याउँदै आएका छन्। साथै उनीहरूले चरम हिंसात्मक तत्वहरूको समर्थन गर्दै हङकङको स्थिरता तथा समृद्धिलाई खुलस्त रूपमा भङ्ग पारिरहेका छन्। चीन विरोधी संघीय अमेरिकी सांसद मार्को रूबिओ एकजना हुन्। उनी कथित ‘हङकङ मानवअधिकार तथा प्रजातन्त्र बिधेयक’ को विचार शुरू गरेका व्यक्ति हुन्।

चीनले ती व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएकोबाट के प्रष्ट्याइएको छ भने चीनको सार्वभौमसत्ता, सुरक्षा तथा विकासको हित महत्वपूर्ण विषयमा चीन एक इन्च पनि पछि पर्दैन।

चीनले चालेका जवाफी कदम अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रीकरणको संरक्षण गर्ने न्यायोचित कदम पनि हो। यस्तो कदम देशको सार्वभौमसत्ता तथा गौरवको संरक्षण हो र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी मापदण्डको पालना गर्नु पनि हो।

लामो समययता, केही अमेरिकी राजनीतिज्ञहरूले अन्तर्राष्ट्रिय मामिलामा प्रभुत्ववादी कार्वाही गर्ने बानी बसालिसकेका छन्। तर यस्तो डकैती तर्क चिनियाँहरूसामु पटक्कै चल्दैन।

हङकङको स्थिर तथा समृद्धि मूल स्थितिमा ती अमेरिकी राजनीतिज्ञको सपनाबाट ब्युझन सक्दैन? उनीहरूको गतिविधिबाट जनमत तथा विश्व प्रवाहको विपक्षमा उनीहरूलाई राखिएको छ। ती गतिविधिहरू चाँडै नै बन्द गर्नुपर्छ नत्र भने विफल हुने कुरामा दुई मत छैन।

Facebook Comments