Sat. May 18th, 2024

कोरोना भाइरस महामारीबाट विश्व सुरक्षा धम्कीमा बृद्धि भएको शाङहाई सहयोग संगठनका महासचिवको भनाइ

फाईल तस्विर

काठमाडौं, २०७७ साउन २७ गते मंगलबार

शाङहाई सहयोग संगठनअन्तर्गत असल छिमेकी मित्रता र सहयोग समिति, शाङहाई सहयोग संगठनको सचिवालय, शाङहाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय, शाङहाई विश्वको शासन र क्षेत्रीय अध्ययन प्रतिष्ठानले शाङहाई एकेडेमी अफ ग्लोबल गभरनेन्स एणड एरिया स्टडिजले संयुक्त रुपमा आयोजना गरेको “कोरोना भाइरस महामारी र शाङहाई सहयोग संगठनको गैर-सरकारी कुटनीतिको नयाँ विषय, नयाँ कदम, नयाँ दिशा” शीर्षकको भिडियो गोष्ठी अगष्ट एघार तारिख आयोजना भएको छ।

शाङहाई सहयोग संगठनका महासचिव भ्लादिमिर नोरोभले महामारीको राजनीतीकरणको प्रयोग गरी अन्तर्राष्ट्रिय समाजलाई विभाजन गर्ने कुचेष्ठा रोक्नुपर्ने कुरा बताउनुभयो। उहाँकाअनुसार, महामारीबाट विश्वको विभिन्न मुलुकबीचको पारस्परिक सम्पर्क निकै ठूलो हो भन्दै पारस्परिक विश्वासलाई बढाउनु निकै आवश्यक भएको कुरा प्रतिविम्वित भएको छ।

चीन, भारत, कजाकिस्तान, पाकिस्तान, रुस, बेलारुस, मंगोलियाआदि मुलुकहरूका विशेषज्ञ र विद्वानहरूले गहिरो रुपमा छलफल गरेका छन्।

Facebook Comments