Sat. Apr 27th, 2024

हस्टनको लागि चिनियाँ महावाणिज्य दूतावासमा अमेरिकाको जबर्जस्ती प्रवेशको विरोध

काठमाडौं, २०७७ साउन ११ गते आईतबार

अमेरिकाले हस्टनको लागि चिनियाँ महावाणिज्य दूतावासमा जबर्जस्ती प्रवेश गरेकोमा चीनले कडा असन्तोष र दृढ विरोध गरेको छ साथै औपचारिक सम्पर्क गर्न पनि माग गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुलाई २५ तारिख बोल्दै चीनले उचित तथा आवश्यक प्रतिक्रिया दिने कुरा पनि जनाउनुभएको छ।

जुलाई २४ तारिख दिउँसो अमेरिकी कानून कार्यान्वयनकर्ताहरू हस्टनको लागि चिनियाँ महावाणिज्य दूतावासमा जबर्जस्ती प्रवेश गरेका छन्। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार ‘भियना वाणिज्य सन्धि’ तथा ‘चीन-अमेरिका वाणिज्य दूत सन्धि’ बमोजिम, अमेरिकाले जुनसुकै तरिकाले हस्टनको लागि चिनियाँ महावाणिज्य दूतावासमा प्रवेश गरेर सन्धि उल्लंघन गर्न नहुने पनि प्रवक्ता वाङले बताउनुभयो।

Facebook Comments