Sat. Sep 21st, 2024

सी चिनफिङ ताजकिस्तानको राजकीय भ्रमण पूरा गरी विशेष विमानबाट स्वदेश प्रस्थान

काठमाण्डू, २०८१ असार २२ गते शनिबार । स्थानीय समय अनुसार जुलाई ६ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ताजकिस्तानको राजकीय भ्रमण पूरा गरी विशेष विमानबाट दुशान्बे छोडेर स्वदेश फर्कनुभयो।

ताजिकिस्तानका राष्ट्रपति इमोमाली राहमोन, संसदको माथिल्लो सदनका सभामुख र दुशान्बेका मेयर रुस्तम र विदेशमन्त्री मुहरिद्दिन बिदाइ गर्न विमानस्थल पुग्नुभएको थियो।

सी चिनफिङले यस पटकको भ्रमणमा चीन र ताजिकिस्तानका राष्ट्र प्रमुखहरूबीच ऐतिहासिक भेटवार्ता भएको कुरा भन्नुभयो , जसले नयाँ युगमा चीन र ताजिकिस्तानबीचको व्यापक रणनीतिक सहकारी साझेदारीको विकासको नेतृत्व गर्ने बताउनुभयो। ‘म चीन-ताजिकिस्तान सम्बन्धलाई प्रवर्द्धन गर्न र उज्यालो भविष्य खोल्नका लागि राष्ट्रपति इमोमाली रहमोनसँग काम गर्न इच्छुक छु’ उहाँले भन्नुभयो । सीआरआई

Facebook Comments