Thu. Mar 20th, 2025 07:30:31

चाइना मिडिया ग्रुपद्बारा देशभित्र पहिलो पल्ट ५ जी प्लस ८ के प्रविधिमार्फत कार्यक्रम बनाउने लक्ष्य पूरा

काठमाडौं, २०७७ जेठ ७ गते बुधबार

सन् २०२० का दुई अधिवेशनको स्वागतका लागि चाइना मिडिया ग्रुपले सफलताका साथ देशभित्र पहिलो पल्ट ५ जी प्लस ८ के मार्फत प्रसारण र सम्पादन गर्ने काम गरेको छ। चाइना मिडिया ग्रुपले मे १९ तारिख ५ जी प्लस ४ के र ८ के प्लस एआई शीर्षकको भिडिया सिर्जनशील प्रचार प्रसार साप्ताहको शुभारम्भ समारोहको आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार मन्त्रालयका उपप्रमुख, चाइना मिडिया ग्रुपका महानिर्देशक एवं प्रधान सम्पादक शन हाई स्योङ, चाइना मिडिया ग्रुपका उपनिर्देशक येन स्याउ मिङ, च्याङ सी वै, चाइना मिडिया ग्रुप सम्पादन मामिला परिषद्का सदस्य एवं चाइना टेलिकम, चाइना मोबाइल र चाइना युनिकमका सम्बद्ध जिम्मेवार व्यक्ति सो समारोहमा सहभागी हुनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार हाल ५ जी प्लस ४ के र ८ के प्लस एआई भन्ने प्रविधिले मिडियाका लागि कार्यक्रम बनाउने र प्रसारण गर्ने प्रक्रियाको पुन:स्थापना गरिरहेको छ। त्यसबाट परम्परागत मिडियाका लागि ठूलो विकास हुने अवसर पनि उपलब्ध गराएको छ ।

Facebook Comments