Tue. May 26th, 2026

कालापानीबारे चीन भन्छ: “यो नेपाल र भारतको द्विपक्षीय विषय हो”

       

काठमाडौं, २०७७ जेठ ७ गते बुधबार

चिनिया विदेश मन्त्रालयले नेपालको कालापानीमा भएको भारतीय हस्तक्षेपबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै यो नेपाल र भारतको द्विपक्षीय विषय हो भनेको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले मे १९ तारिख मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो धारणा व्यक्त गर्नुभएको हो ।

प्रवक्ता चाओ लिच्यानले कालापानी नेपाल र भारतको द्विपक्षीय विषय भएको उल्लेख गर्दै कुनै पक्षले गर्ने एकपक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने टिप्पणी गर्नुभएको छ । भारतले पिथौरागढबाट चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाउँदै सोमबार लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

प्रवक्ता चाओ लिच्यानले भन्नुभयो हामी विश्वास गर्छौंकी दुई देशले मैत्रीपूर्ण संवादबाट आपसी मतभेद समाधान गर्नेछन् अनि एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ पनि उनीहरूले ध्यान दिनेछन् ।’ प्रवक्ता चाओ लिच्यानलाई कालापानीका बारेमा सन्चन् टेलिभिजनका पत्रकारले प्रश्न सोधेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read