Sat. Nov 23rd, 2024

अमेरिकी मिडियाद्वारा कोभिड-१९ भाइरस सम्बन्धी राजनितिक झूटको पर्दाफास

कोलम्बिया विश्व विद्यालय

काठमाडौं, २०७७ बैशाक २३ गते मंगलबार

कोभिड-१९ महामारीबाट अमेरिका गम्भीर बन्दैआएको कारणले डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारप्रति आम नागरिकहरू असन्तुष्ट भएको देखिन्छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँलाई समर्थन गर्नेहरूले जनताको आकांक्षाको उपेक्षा गरी आफ्नो जिम्मेवारी पन्छाएर अरूमाथि दोषारोपन गरिरहेका छन्। अमेरिकी कांग्रेस र विश्व स्वास्थ्य संगठन ट्रम्प सरकारले आक्रमण गरेका मुख्य लक्ष्य बनेका छन्। यसका साथै हिजोआज अमेरिकी सरकारले भाइरस चीनको प्रयोगशालामा बनाइएको भनी झूटो आरोप लगाउन थालेका छन्। यसपछि विश्वका विभिन्न विषेशज्ञ तथा मिडियाहरूले सो अफवाहको खणडन गरेका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार अमेरिकी मिडिया बजफिडको औपचारिक वेभसाइटमा एउटा समाचार सार्वजनिक गरिएको छ। सो समाचारमा “कोभिड १९ भाइरस प्रयोगशालामा बनाइएको हो”  भन्ने भनाई षडयन्त्र सिद्धान्तमा रहेको भन्दै व्यक्ति वा समूहले राजनितिक उद्देश्यका लागि यस्तो अफवाह फैलाएको लेखेको छ।

अमेरिकी विश्वव्यापी विकास केन्द्रको राजनीतिक अध्यापक जेरेमी कोनिडकले सामाजिक संजालमा ट्रम्प सरकारले विभिन्न प्रयास गरी चीनलाई निरन्तर लान्छना लगाउँदै आएता पति हालसम्म कुनै प्रमाण प्राप्त नभेटेको बताउनु भएको छ।

Facebook Comments