Tue. Jul 28th, 2026

अमेरिकी रोग निवारण शंकास्पद रहेकाले अन्तर्राष्ट्रिय छानबीन गर्नुपर्ने

       

काठमाडौं, २०७७ बैशाक २३ गते मंगलबार

हालै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ का प्रतिनिधि रहेका केही अमेरिकी राजनीतिज्ञले आफ्नो देशभित्र खतरनाक रोग संक्रमण हुँदाहुँदै तथाकथित नयाँ कोरोना भाइरस वुहान भाइरस प्रयोगशालाबाट उत्पन्न भएको भन्ने झुठो भनाइ फैलाउने र प्रयोगशालामाथि अन्तर्राष्ट्रिय छानबीन गर्ने चेतावनी पनि दिँदै आएका छन्। वास्तवमा अमेरिकी मुख्य सञ्चार-माध्यम लगायत अन्तर्राष्ट्रिय जनमतको ठहरले विस्तृत रुपमा के पुष्टि गरेको छ भने सबभन्दा पहिला अन्तर्राष्ट्रिय छानबीनलाई स्वीकार गर्नैपर्ने कसले? रोग निवारण अवस्थामा निकै बढी शंकास्पद विन्दु रहेका अमेरिकी नै हैनन् र?

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार अन्तर्राष्ट्रिय आधिकारिक चिकित्सा पत्रिका लान्सेटका सम्पादक रिचार्ड होर्टनले हालै चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिंदै अमेरिकाले फेब्रुअरी र मार्चको शुरुआतको समय खेर फालेको विचार व्यक्त गर्नुभएको छ।

आश्चर्यको कुरा के हो भने ती अमेरिकी राजनीतिज्ञले जोडतोडसँग रोग निवारणको कमजोरीलाई सबल पारेका छैनन्, बरु अधिकांश झुट बोलेर चीनमाथि विभिन्न आरोप लगाउँदै आएका छन्। उनीहरूले तथाकथित अन्तर्राष्ट्रिय छानबीनमार्फत चीनलाई दोषी बनाउन त्यो निहुँ खोजेर अमेरिकी रोग निवारणलाई अझ कमजोर र विफल भएको तथ्य कुरालाई लुकाउन खोजेका छन्। त्यसैगरी पूरै विश्वमा रोग फैलावट हुने अमेरिकाले बेहोर्नुपर्ने जिम्मेवारीलाई पनि पन्छाउन खोजेका छन्।

विश्वमा रोग फैलावट हुने अवस्थामा अमेरिकाले के कस्तो जिम्मेवारी लिनुपर्ने हो? त्यो अन्तर्राष्ट्रिय समाजले छानबीन गर्नुपर्छ।

सर्वप्रथम अमेरिकाले डेट्रिक जैविक वस्तु प्रयोगशालामा प्रवेश गरेर तत्स्थानको छानबीन गर्न विश्व स्वास्थ्य संगठन लगायतका संस्थालाई अनुमति दिनुपर्छ।

दोस्रो, अमेरिकाले तथाकथित बिनाशकारी स्वाइन फ्लुको नाउँमा नयाँ कोरोना महामारीलाई लुकाएको छ छैन भन्ने विषयको छानबीन गर्न सम्बद्ध अन्तर्राष्ट्रिय संस्थालाई सहयोग गर्नुपर्छ।

तेस्रो, अमेरिकाले नयाँ कोरोना भाइरस अमेरिकामा देखा परेको सबभन्दा अघिल्लो मिति कुन बेला हो भन्ने विषयको छानबीन गर्न सम्बद्ध अन्तर्राष्ट्रिय संस्थालाई सहयोग गर्नुपर्छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read