Wed. Dec 10th, 2025

“द लान्सेन्ट”का प्रधान सम्पादक रिचर्ड होर्टोनद्वारा “महामारीको मूलमाथिको आशंका” हास्यास्पद भएको टिप्पणी

       

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

कोरोना भाइरस विश्वका धेरै क्षेत्रहरूमा फैलिएको छ। चीनको अनुभवको कसरी मूल्यांकन गर्न सकिन्छ? “महामारीको मूल सम्बन्धी शंकाको अवधारणा” र “दायित्वको धारणा”लाई कसरी हेर्न सकिन्छ? मे एक तारिख का दिन अन्तर्राष्ट्रिय उत्कृष्ट चिकित्सा पत्रिका “द लान्सेन्ट”का प्रधान सम्पादक रिचर्ड होर्टोनले चाइना मिडिया ग्रुपसँग विशेष अन्तर्वार्ता दिनुभएको छ।

होर्टोनले यस पटकको महामारीमा चीनका धेरै अनुभवहरू विश्वद्वारा सिक्न सकिने कुरा बताउनुभयो। उहाँले हाल चीन विज्ञानको ठूलो मुलुक हो भन्दै चीनको वैज्ञानिक विकास विश्वको अग्रस्थानमा रहेको, तर चीन चिकित्सा क्षेत्रको ठूलो मुलुक नमानिएको कुरा व्यक्त गर्नुका साथै यस पटकको महामारीपछि अझै धेरै मुलुकहरूले महामारीमा चीनले गरेको योगदानबारे जानकारी लिनसक्ने आशा व्यक्त गर्नुभयो।

होर्टोनले पहिलो बिरामी कहाँ थिएर भनेर खोज्नुको अर्थ नभएको बताउँदै महामारीको मूलबारे जानकारी लिनुपर्ने, महामारी कहाँबाट आएको थाहा पाउनुपर्ने, महामारी फैलिने क्रमबारे जानकारी लिनुपर्ने र यसले गर्दा मानवमा फैलिने खतरा घटाउन सकिने कुरा बताउनुभयो।

होर्टोनले अमेरिकाको वैज्ञानिक र चिकित्साको विकास स्तरको प्रशंसा गर्नुभयो। उहाँले अमेरिकी चिकित्सक र वैज्ञानिकहरूले महामारीको सामना क्षेत्रमा राम्रोसँग काम गरेका तर अमेरिकी राजनीतिज्ञप्रति अफसोस लागेको कुरा बताउनुभयो।

विश्व स्वास्थ्य संगठनले गत जनवरी तीस तारिख महामारीलाई अन्तर्राष्ट्रिय सार्वजनिक सुरक्षाको अत्यावश्यक घटनाको रुपमा राखेको बताउँदै उहाँले यो विश्वलाई दिएको चेतावनीका बावजुद धेरै मुलुकहरूले महत्व नदिएकोले महामारीबाट हजारौं मानिसको ज्यान गएको विचार व्यक्त गर्नुभयो भनि सीआआई नेपाली सेवाले समाचार लेखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read