Fri. Sep 20th, 2024

अमेरिकी भाइरस विशेषज्ञले ४ कारण सहित प्रयोगशालाबाट भाइरस चुहावटको गरे खण्डन

- कोरोना बहस

काठमाडौं, २०७७ बैशाक २१ गते आईतबार

“बिजनेस इन्साइडर” ले २ तारिख दिएको जानकारी अनुसार, अमेरिकी क्यालिफोर्निया विश्वविद्यालयअन्तर्गत डेभिस शाखामा संक्रामक रोग शास्त्रका विशेषज्ञ जोन्ना माचेटले ४ तर्कसहित भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने भनाइको खण्डन गर्नुभएको छ। उहाँले वुहान भाइरस अनुसन्धान संस्थाका कर्मचारीलाई तालिम तथा सहयोग गर्नुभएको थियो।

पहिलो कारण, प्रयोगशालाको नमूना र कोभिड-१९ भाइरस मिल्दैन। जोन्ना माचेटको टोलीले भाइरसको जीन अनुक्रमलाई प्रयोग रेकर्ड र पहिले चमेराबाट पत्ता लगाइएको अरू कोरोना भाइरसको जीनसँग तुलना गरेर नमिलेको नतिजा फेला परेको छ।

दोस्रो कारण, प्रयोगशालाले कडा रूपमा सुरक्षा सन्धिलाई व्यवहारमा उतारेको छ। तेस्रो कारण, कोभिड-१९ भाइरस दुवै मानव र जनावरलाई लागेको रोगहरूमध्ये नयाँ भाइरस हो।

उहाँका अनुसार, कोभिड-१९ महामारी फैलिने कारण चुहावट होइन, पशुधनीबाट मानवसम्म प्रसारण हुने नयाँ रोग होला।

चौथ कारण, अनुसन्धानकर्ताभन्दा सामान्य मान्छेले अझ सजिलै रूपमा जैविक भाइरससँग सम्पर्क तथा संक्रमण गरेको छ। किनकि सामान्य मान्छेका लागि चमेरा बस्ने गुफा र जंगली वातावरण अझ खतरनाक हो। अनुसन्धानकर्ताले ब्याटको नमूना संकलन गर्दा व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्छन्। तर सम्भावित रूपमा सामान्य मान्छेले प्रयोग गर्दैन भनि सीआरआई नेपाली सेवाले समाचार लेखेको छ ।

 

 

 

Facebook Comments