Sat. Nov 23rd, 2024

बम बिष्फोटमा चार बालबालिकाको मृत्यु

रोल्पा, २०७७ बैशाक १८ गते बिहीबार

त्रिवेणी गाउँपालिका -७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् ।

उँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी -७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।

घटना भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताउनुभयो । घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उहाँले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments