Tue. May 7th, 2024

“एकता र सहयोग सबैभन्दा सशक्त हतियार”-सी चिन फिङ

काठमाडौं, २०७७ बैशाक १८ गते बिहीबार

चीनका सर्वोच्च नेता सी चिन फिङले एकता र सहयोग सबैभन्दा सशक्त हतियार भएको बताउनु भएको छ ।

सन् २०२०को शुरुमा कोरोना भाइरस आकस्मिक रुपमा देखापरेको छ। चीनका सर्वोच्च नेता सी चिन फिङको नेतृत्वमा एक अर्ब चालीस करोड चिनियाँ जनताले एकतावद्ध भएर विश्वका लागि पहिलो रक्षा रेखा खडा गर्नुका साथै महामारीको रोकथाम तथा नियन्त्रणमा ठूलो विजय प्राप्त गरेका छन्।

सीआरआई नेपाली सेवाका अनुसार महामारीयता चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बीस जनाभन्दा बढी विदेशी नेताहरु र अन्तर्राष्ट्रिय संगठनका नेताहरूसँग टेलिफोन वार्ता गर्दै मानव एक भाग्य समुदाय हो भन्ने कुरामा जोड दिनुका साथै एकता र सहयोग सबैभन्दा सशक्त हतियार हो भन्ने कुरामा जोड दिनुभयो। गत मार्च २६ तारिख कोरोना भाइरसको सामनासम्बन्धी बीस मुलुक समूहको विशेष शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय समाजले अठोटलाई सुदृढ पार्न र एक भएर सामना गर्न आव्हान गर्नुभयो। उहाँले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणको विश्वव्यापी लडाइँ गर्ने, अन्तर्राष्ट्रिय रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा संचालन गर्ने, अन्तर्राष्ट्रिय संगठनलाई भूमिका निर्वाहका लागि समर्थन दिने, अन्तर्राष्ट्रिय समष्टिगत अर्थनीतिको समन्वय गर्ने चार सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो।

यसका साथ साथै चीनले खुला, पारदर्शी, उत्तरदायित्वपूर्ण सिद्धान्त पालना गरेको छ र प्रथम प्रहरमै विश्व स्वास्थ्य संगठनलाई महामारी सम्बन्धि रिपोर्ट गरेको छ। मार्च महिनादेखि महामारी विश्वमा फैलिएको छ। विश्व सार्वजनिक स्वास्थ्य सुरक्षाको सामु अभूतपूर्व चुनौती देखापरेको छ। चीनले स्वदेशी महामारीको नियन्त्रण गर्नुका साथै विश्वलाई मद्दत दिँदै स्वास्थ्य सामग्री प्रदान गरेर रोकथाम तथा नियन्त्रण र उपचार अनुभव पनि बाँडेको छ।

“विश्व कारखाना:को रुपमा रहेको चीनले महामारीको प्रतिरोध सामग्रीको उत्पादन गरी विभिन्न मुलुकले महामारीको रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रत्याभूति उपलब्ध गराउन प्रयास गरिरहेको छ। अर्थतन्त्रको विश्वव्यापीकरणको युगमा कोरोना भाइरस अन्तिम ठूलो आकस्मिक घटना होइन। विश्वको अभूतपर्व परिवर्तन बनौटमा रहेको मानवले कसरी सामना गर्ने छ तरु यस पटकको महामारीले जवाफ दिएको छ।

एकता र सहयोग मानवले संकटलाई पराजित गर्ने र निरन्तर रुपमा अगाडि हिँड्ने इच्छा हो।

Facebook Comments