Tue. May 7th, 2024

बुवाको हत्या गर्ने छोरा पक्राउ

सुरुङ्गा (झापा), २०८० मंसिर ११ गते सोमबार । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् ।

कमल-४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो ।

आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ । कमल-४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिनुभयो ।

घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उहाँले बताउनुभयो ।

Facebook Comments