Sat. May 18th, 2024

चीनलाई दुई सयभन्दा बढी स्वर्ण पदक जिताउँदै १९ औँ एसियाली खेलकुद सम्पन्न, नेपाललाई एक रजत र एक कास्य पदक प्राप्त

काठमाण्डू, २०८० असोज २१ गते आईतबार । चीनको हाङचौ शहरमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।

पदकतालिकामा आयोजक राष्ट्र चीनलाई पहिलो बनाउँदै १९ औं एसियाली खेलकुद, २०२२ भव्य रुपमा सम्पन्न भएको हो ।प्रतियोगिताको अन्तिम दिन आइतबारसम्म चीनले दुई सय एक स्वर्ण पदक जितिसकेको छ ।प्रतियोगिताको समापन समारोहमा चीनका प्रधानमन्त्रीली छ्याङको प्रमुख आतिथ्यता रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । समापन समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु पनि अतिथिको रुपमा सहभागी हुनुुभएको छ । प्रतियोगिताको समापन समारोहपछि चिनिया प्रधानमन्त्रीले विदेशीअथितिहरुको सम्मानमा रात्रीभोजको समेत आयोजना गर्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त उहाँले विदेशी पाहुनाहरुसँग दुईपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।

प्रतियोगिताको समापन समारोह हाङ्चौ ओलम्पिक स्पोर्टस सेन्ट स्टेडियममा आयोजनागरिएको हो । समापन समारोहलाई उल्लासमय बनाउन विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । प्रतियोगिताको अन्तिम दिनआइतबार दिउँसोसम्म अधिकांश पदकको छिनोफानो भइसकेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले हालसम्म ५२ वटा स्वर्ण पदक जितिसकेको छ । नेपालले पनि एसियाली खेलकुदको यो संस्करणमा एक रजत र एक कांस्य पदक जितेको छ । नेपालकालागि कराँते खेलाडी एरिका गुरुङले रजत पदक जित्नु भएको हो । पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले जितेको यो तेस्रो कांस्य पदक हो ।

यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जित्नु भएको थियो ।

Facebook Comments