२०८३ आश्विन ६, मंगलवार

तत्काल राहतको प्याकेज घोषणा गर्न माग

       

काठमाडौं, २०७६ चैत १५ गते शनिबार

पाँच राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् ।

किसान नेताहरुले शनिबार विज्ञप्ति जारी गर्दै लकडाउनका कारण कृषि उत्पादन खेर जाने स्थिति भएकाले किसानको लगानी सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गरेका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघकाका इन्चार्ज कृष्ण राना र फ्याक्ट नेपालकी गंगादेवी राईले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कोभिड-१९ बिरुद्ध लड्नका लागि उच्चस्तरीय विज्ञ समुह र राजनीतिक संयन्त्र निर्माण गर्न सुझाव दिनुभएको छ । संकटको बेला राज्य र राजनीति प्रतिको विश्वसनीयता जनतामा कायम राख्न समेत यस्तो संयन्त्रले सघाउ पुर्याउने विश्वास मिश्रको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments