Fri. May 17th, 2024

चीनबाट मेडिकल सामग्री लिएर फर्कियो विमान

काठमाडौं, २०७६ चैत १६ गते आईतबार

चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपाल आइपुगेको छ । शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जानकारी दिएको छ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार विमान चीनको क्वान्चौबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई पुगेको मन्त्रालयले जनाएको छ।

मेडिकल सामग्री लिन विमान शनिबार दिउँसो चीन प्रस्थान गरेको थियो।

Facebook Comments