Tue. May 14th, 2024

किन कोरोना भाइरसले इटालीमा सबैभन्दा बढी मृत्यु निम्त्याइरहेको छ?

काठमाडौं, २०७६ चैत १५ गते शनिबार

हालसम्म इटालीमा कोरोना भाइरस संक्रमणको कारण ९ हजार भन्दा बढी मानिस मरेका छन् भने ८० हजार भन्दा बढी व्यक्ति संक्रमित छन्। यो विश्वको कुनै पनि देशकोे तुलनामा सबै भन्दा धेरै हो।

इटालीका प्रधानमन्त्री जिजेज़्पी कौंटेले आश्वासन दिनु भएको छ कि त्यहाँ लगाईएको आपतकालको समय सीमा भन्दा छिटै नै जनजीवन समान्य हुनेछ । इटाली सरकारले अप्रिल ३ तारिखसम्मलाई आपतकालिन अवस्था घोषणा गरेको छ ।

तर इटालीबाट जुन किसिमले कोरोना भाइरसबाट मृत्यु तथा संक्रमणहुनेहरुको आँकडा आईरहेको छ त्यसले यत्तिवेलाको अवस्था सम्हान सकिने खालको छैन । इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा संकटग्रष्त छ । सो क्षेत्रमा वितेको २४ घण्टामा ५ सय ४१ जनाले ज्यान गुमाई सकेका छन् ।

यत्तिवेला इटालीको अवस्था कति दुःखद् छ भने मुर्दा घर मानिसहरुको लासले भरिएको छ भने मर्नेहरुको संख्या निरन्तर बढिरहेको छ ।
तर इटालीमा कसरी कोरोना भाइरस संक्रमण यो स्तरमा पुग्यो ? के कारण हो कोरोना भाइरस इटालीमा युरोपको कुनै पनि अन्य देश भन्दा बढी छिटो फैलिरहेको छ र ९ हजार भन्दा बढी मानिस मरिसकेका छन् ।

कोरोना भाइरस संक्रमण आधिकारिक रूपमा २० फेब्रुअरीदेखि इटालीमा सुरु भएको बताईन्छ । जब एक ३८ वर्षीय युवाले लोम्बार्डीको कोडोग्नो शहरमा आफ्नो स्वास्थ्य परिक्षण गराए। जब जाँच रिपोर्ट आयो, ति युवा कोरोना भाइरस बाट संक्रमित भैसकेका थिए। यो इटलीको पहिलो आधिकारिक रूपमा कोविड १९ मुद्दा थियो।

यद्यपि केही स्वास्थ्य अधिकारीहरू विश्वास गर्दछन कि यो भाइरस धेरै पहिले इटालीमा प्रवेश गरेको थियो।

यद्यपि केही स्वास्थ्य अधिकारीहरू यो विश्वास गर्दछन कि भाइरस धेरै पहिले इटालीमा प्रवेश गरेको थियो।

इटालियन राष्ट्रिय स्वास्थ्य संस्थानको संक्रामक रोग विभागका एक अनुसन्धानकर्ताका अनुसार यो भाइरस इटालीमा धेरै पहिले आएको थियो ।

इटाली मा यति धेरै मृत्यु को कारण के हो?

केही अधिकारीहरू विश्वास गर्छन् कि यो भाइरस पत्ता लगाउनु अघि नै फैलिसकेको थियो । यस कारणले गर्दा, इटालीमा हरेक दिन सयौंको मृत्यु हुने क्रम बढेको छ।

इटालीका एक स्वास्थ्य अधिकारीका अनुसार, जब कोरोना भाइरस फैलिन सुरु गर्यो यसको बारेमा कसैलाई केही जनकारी थिएन । जब यस भाइरसको बारेमा जानकारी भयो यो तिब्रगतिमा फैलिरहेको थियो जसले इटालीमा एउटा सिक्रीको रुप लिइसकेको थियो ।

रिकार्डो विश्वास गर्दछन् कि यही कारणले इटाली अहिले यति ठूलो संख्यामा आफ्नो मान्छे गुमाउँदैछ।
तर केही अधिकारीहरु यस कुरामा विश्वास गर्छन कि कुनै पनि युरोपेली देशको तुलनामा इटालीमा थप परीक्षणहरु भइरहेको हुँदा संक्रमितहरुको संख्या बढेको देखिएको हो ।

नेशनल हेल्थ इन्स्टिच्युटका अनुसार इटालीमा अहिलेसम्म कोरोना भाइरस संक्रमणको कारण मर्ने व्यक्तिको औसत उमेर ८१ बर्ष हो। यसले के कुरो बुझ्न सहज भएको छ भने कोरोना भाइरसको संक्रमणले वृद्धवृद्धा बढी मरेका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार जापान पछि इटाली दोस्रो ठूलो यस्तो देश हो जहाँ बृद्धबृद्धाहरु धेरै छन् । यसको मतलब यो पनि छ हुन्छ कि यदि यी मानिसहरूलाई कोरोनाले प्रहार गरेको छ भने, तिनीहरूमा गम्भीर बिरामी हुने खतरा बढी हुन्छ। विविसी

 

Facebook Comments