Tue. Apr 30th, 2024

प्रधानमन्त्री प्रचण्डद्वारा धार्मिक तथा पर्यटकीय क्षेत्र कैलाश पर्वत र मानसरोवरको दर्शन

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बिहीबार तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर अवलोकन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डू, २०८० असोज ११ गते बिहीबार । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तिब्बतको धार्मिक तथा पर्यटकीय क्षेत्र कैलाश पर्वत र मानसरोवरको भ्रमण गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वतको अवलोकन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

हिजो बुधबार तिब्बतको सदरमुकाम ल्हासा पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि आज बिहान ल्हासाको गोन्गार विमानस्थलबाट तिब्बत एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण दलमा रहेका अन्य सदस्यहरू पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्ड हिजो ल्हासामा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण तथा अवलोकनमा व्यस्त रहनुभएको थियो ।

तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस

हिजै प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले हिजै तिब्बतको पोताला दरबार र नेपाली राजकुमारी भृकुटीले निर्माण गर्नुभएको जोखाङ मन्दिरको पनि भ्रमण गर्नुभएको थियो । प्राप्त समाचार अनुसार प्रधानमन्त्री प्रचण्डले भोलि सछुवान प्रान्तको सदरमुकाम छन्दूका विभिन्न स्थानहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ । रासस

Facebook Comments