Sun. May 19th, 2024

एमाले बागमती प्रदेशको अधिवेशन सुरु हुँदै   

काठमाण्डू, २०८० असोज ८ गते सोमबार । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुनेछ । अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन् ।

उद्घाटनका अवसरमा आज सो कमिटीले काठमाण्डूमा पदयात्रा गरेको छ । भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनका लागि विभिन्न जिल्ला र जनसङ्गठनका कार्यकर्ताले बागबजार, घन्टाघर, पुतलीसडक, प्रदर्शनीमार्गलगायतका स्थानबाट ब्यानर र झाँकीसहित र्याली निकालेको हो । रासस

Facebook Comments