Tue. May 14th, 2024

दूध, तरकारी, पशुपंछी ढुवानी गर्न दिइने, तर यात्रु बाेक्न नपाइने

काठमाडौं, २०७६ चैत १२ गते बुधबार

 सरकारले अति आवश्यक बैंकिङ सेवा, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंछी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु सुचारु गर्ने निर्णय समेत बैठकले गरेको छ । सामान ढुवानी गरी फर्केका त्यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्नभने पाउने छैनन् । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने निर्णय गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ । बैठकपछि समन्वय समितिद्वारा जारी विज्ञप्तिअनुसार, औषधि उत्पादन, ग्याँस बोटलिङ गर्ने श्रमिकलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उद्योगले सवारी साधनको व्यवस्था गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तुहरू ‘होम डेलिभरी’ गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments