Tue. May 14th, 2024

तपाईहरु पनि घरमै बस्नुहोस्: प्रधानमन्त्री ओली

काठमाडौं, २०७६ चैत १२ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गर्नुभएको हो । सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।” गोरखापत्र अनलाईनबाट

Facebook Comments