Mon. Apr 29th, 2024

बेलायती राजकुमार चाल्सलाई पनि कोरोना संक्रमण

काठमाडौं, २०७६ चैत १२ गते बुधबार

बेलायती राजकुमार चाल्समा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । वीवीसीका अनुसार महारानी एलिजाबेथको दोस्रो सन्तान चाल्समा संक्रमणको पुष्टि भएपछि उहाँ स्कटल्याण्डमा ‘सेल्फ आइसोलेशन’मा बस्नुभएको छ ।

क्लारेन्स हाउसले बुधबार एक वक्तब्य जारी गरी राजकुमार चाल्स कोभिड-१९ को संक्रमित भएको पुष्टि गरेको हो । संक्रमित भएपनि उहाँ स्वस्थ्य अवस्थामा रहनुभएको र घरबाटै काम गरिरहनुभएको वक्तब्यमा उल्लेख छ । चाल्स की पत्नी डचेस ऑफ़ कॉर्नवॉल कैमिलालाई पनि कोरोना परीक्षण गरे पनि उहाँमा संक्रमण पाईएन ।

सीएनएनका अनुसार पछिल्लो साता सर्वसाधारणसँग भेटघाटको भूमिकामा रहँदा उहाँमा कोभिड-१९ को संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

चाल्स ७१ वर्षीय हुनुहुन्छ । चाल्स, प्रिन्स फिलिप र महारानी एलिजाबेथको सबैभन्दा जेठा छोरा हुनुहुन्छ ।

Facebook Comments