Mon. Apr 29th, 2024

कोरोना संक्रमणबाट हालसम्म २० हजारको ज्यान गयो, ४ लाख भन्दा धेरै संक्रमित

काठमाडौं, २०७६ चैत १२ गते बुधबार

जोन होपकिन्स विश्व विद्यालय अमेरिकाले जनाए अनुसार हालसम्म कोरोना संक्रमणबाट २० हजार जनाको ज्यान गएको छ भने ४ लाख भन्दा धेरै संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट सबै भन्दा प्रभावित देशहरुमा ज्यान गुुमाउनेहरुको संख्या निम्न बमोजिम रहेको छ ।

१. इटली : ६८२०
२. चीन : ३,१६०
३. स्पेन  : २, ८०८
४. ईरान : १,९३४
५. फ्रान्स : १,१००
६. अमेरिका : ७७५
७. बेलायत : ४२२
८. नेदरल्याण्ड : २७६
९. जर्मनी : १५७
१०. बेल्जियम  : १२२

जोन होपकिन्स विश्व विद्यालयलाई उद्धत गर्दै विविसीले विश्वभरीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या हालसम्म ४ लाख २० हजार पुगेको बताएको छ । संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश र मानिसरुहरुको संख्या यस प्रकार रहेको छ ।

१. चीन : ८१,५९१
२. इटली : ६९,१७६
३. अमेरिका : ५३,७४०
४. स्पेन : ३९,८८५
५. जर्मनी : ३२,९८६
६. ईरान : २४,८११
७. फ्रान्स : २२,६२२
८. स्विट्जरल्याण्ड : ९,८७७
९. दक्षिण कोरिया : ९,०३७
१०. बेलायत : ८,१६४

Facebook Comments