Wed. May 15th, 2024

कोरोना संक्रमणबाट १ सय ८६ देश प्रभावित, इटलीमा मंगलबार मात्र ७ सय ४३ जनाले ज्यान गुमाए

काठमाडौं, २०७६ चैत १२ गते बुधबार

विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार हालसम्म विश्वका १ सय ८६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झण्डै ४ लाख मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (WHO)का अनुसार मङ्गलबार साँझसम्मको आँकडामा ३ लाख ९२ हजार ४ सय ३५ जना सङ्क्रमित देखिएका छन् । यसमध्ये १७ हजार १ सय ४८ को मृत्यु भइसकेको छ । त्यस्तै एक लाख ३ हजार ३ सय ९५ जना उपचारपछि घर फर्केका छन् ।

विविसीका अनुसार कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७ सय ४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १सय ४१ ले बढी हो ।

इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।

 

Facebook Comments