Mon. May 6th, 2024

विभिन्न देशहरूसँग मैत्रीपूर्ण सहयोग विकास गर्दै अघि बढ्ने चीनको मार्गचित्र

- उच्च–स्तरीय खुलापनको पक्षमाचीन रहेको परराष्ट्र मन्त्री छिन काङको भनाइ

काठमाण्डू, २०७९ फागुन २३ गते मंगलबार । चीनका परराष्ट्र मन्त्री छिन काङलेउच्च गुणस्तरको स्वदेशीविकास र उच्च-स्तरीय खुलापनको पक्षमाचीन रहेको बताउनु भएको छ ।

चीनको राजधानी पैचिङमा जारी १४औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनको पत्रकार सम्मेलनमाबोल्दै परराष्ट्र मन्त्री छिन काङले सो विचार व्यक्त गर्नुभएको हो । ‘चीनको कूटनीति र वैदेशिक सम्बन्ध’विषयमाचिनियाँ र विदेशीपत्रकारहरुले सोधेका प्रश्नको जवाफदिनुहुँदै उहाँले खुलापनरविकासलाई लक्ष्यको रूपमालिएर अघि बढ्ने बताउनु भयो ।

परराष्ट्र मन्त्री छिन काङलेउच्च गुणस्तरको स्वदेशीविकास र उच्च-स्तरीय खुलापनको मार्गलाई पछ्याउँदैै खुला र समावेशीविश्व अर्थव्यवस्थालाई कायमगर्ने चीनको नीति रहेको पनिजानकारी दिनुभयो । परराष्ट्र मन्त्री छिन काङलेचीनको नयाँविकासले विश्वकालागिनयाँअवसरहरू प्रदानगर्दै जानेछ भन्दै चीनलेबहुपक्षीयतालाई मान्दै सम्पूर्ण विश्वलाई अधिक न्यायपूर्ण र उचितदिशामा लैजाने बताउनु भयो । मानवजातिले सामनागरिरहेका साझाचुनौतीहरूको समाधानको लागिअझ धेरै चिनियाँ बुद्धिको उपयोग गर्न चीनले योगदानदिने प्रतिबद्धता पनिपरराष्ट्र मन्त्री छिन काङले व्यक्त गर्नुभयो ।

चीनमा कोभिड-१९ महामारीको स्थितिमा सुधार भएपछि चीनको वैदेशिकआदान-प्रदानव्यवस्थित रूपमापुनः सुरु भएको भन्दै उहाँले विशेष गरी पहिलो “चीन जोड पाँचमध्यएशियालीमुलुक”शिखर सम्मेलन र तेस्रो “बेल्ट एन्ड रोड“ अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन भन्ने दुईवटा मुख्य कूटनीतिक कार्यक्रमको राम्रोसँग आयोजना गर्ने पनिबताउनु भयो । साथै परराष्ट्र मन्त्री छिन काङले अन्य देशहरूसँग मैत्रीपूर्ण सहयोग विकास गर्दै नयाँप्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई अगाडि बढाउने चीन सरकारको नीति रहेको पनि प्रष्ट पार्नुभयो

Facebook Comments