Sun. May 5th, 2024

विराटनगरमा हर्षोल्लासपूर्वक होली मनाईँदै

विराटनगर, २०७९ फागुन २३ गते मंगलबार । रङको पर्व फागु पूर्णिमा (होली) आज यहाँ धुमधामसँग मनाइँदै छ । विभिन्न उमेर समूहका मानिसले एकआपसमा रङ, अबिर दलेर यो पर्व मनाउनमा व्यस्त देखिन्छ । खागरी बालबालिकाले पिचकारी र रङसँग खेलेको देखेर अन्य मानिसले पनि रमाइलो अनुभव गरिरहेका छन् ।

यो पर्वमा रङ खेल्ने प्रौढ तथा युवायुवतीले सेतो पहिरनमा सजिएर खेलेको रङले पर्वलाई अझ रसिलो बनाएको देखिन्छ । बजारमा रङ, अबिर, सेतो लुगा, फलफूल, दुग्ध, पनिर, मिठाइ, मासु र माछाको बिक्री बढेको पाइएको छ ।

आज बिहानैदेखि किराना, फलफूल, दुग्ध, माछा र मासु पसलमा भीड लागेको छ । पर्वमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्थालाई कडा गरेको छ । पर्वको कारणले सवारी आवागमनमा कमी आएको छ ।

Facebook Comments