Wed. Apr 24th, 2024

चीनमा आजदेखि नयाँ वर्ष सुरु, हर्षउल्लास साथ वसन्त चाड मनाईदै

काठमाण्डौं, २०७९ माघ ८ गते आईतबार । चिनियाँ जनताको सबैभन्दा ठूलो वसन्त चाड आज विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाईदैछ । मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना समेत गरिने भएकोले चिनियाँ समाजमा यस चाडको विशेष महत्व छ ।

स्वदेश वा विदेशमा रोजगारी अथवा अध्ययनका लागि गएकाहरु पनि यस चाडमा घर फर्किने हुनाले वसन्त चाडलाई पारिवारिक पुनरमिलनको चाड पनि भनिन्छ ।

यस चाडको अवसरमा चीनका अधिकांश सडक, पार्क, शैक्षिक संस्था, शहरदेखि ग्रामिण क्षेत्रका बस्तिसमेत विभिन्न रंगीचंगी ध्वाज पताका र विजुली वत्तिले सृगार गरेर सजाईएको छ । मीठो खाने, राम्रो लाउने, परिवारका सदस्यहरुबीच भेटघाट हुने, शुभकामना आदान प्रदान गरिने हुनाले चिनियाँ बसन्त चाडलाई नेपालीहरुको बडादशैंसँग मिल्दो जुल्दो पर्व हो भनेर पनि भन्न सकिन्छ ।

वसन्त चाडको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सि चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट देशका विभिन्न जातिका जनता, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइवानका देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूलाई वसन्त चाडको शुभकामना ज्ञापन गर्नुभएको छ।

यस वर्ष चिनियाँहरु भव्यरुपमा नयाँ वर्षको रुपमा खरायो वर्ष मनाईरहेका छन् ।

Facebook Comments