Fri. Apr 26th, 2024

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा भव्य सांगितिक गाला

काठमाडौं, २०७९ माघ ७ गते शनिबार । चिनियाँ नयाँ वर्ष वसन्त चाडको उपलक्ष्यमा चाइना मिडिया ग्रुपले विश्वभरीका दर्शकसमक्ष वसन्त चाडको सांगितिक गाला प्रस्तुत गरेको छ ।

आज जनवरी २१ तारिख चीनको परम्परागत पात्रो अनुसार नव वर्षको पूर्वासन्ध्याको उपलक्ष्यमा चाइना मिडिया ग्रुपले वार्षिक “वसन्त चाडको सांगितिक गाला”को आयोजना गर्दै विश्वभरीका चिनियाँ जनता र दर्शकलाई “सांस्कृतिक खुराक” प्रदान गरेको हो ।

सन् २०२३ को “वसन्त चाडको सांगितिक गाला” ले चीनको उत्कृष्ट परम्परागत संस्कृति, वास्तविक जीवन र विश्वका विविध सभ्यताबाट उत्कृष्ट चीज झिकेर आधुनिक कलात्मक तरिका र ध्वनी, चित्र, प्रकाश साथै भिडियो लगायतका नयाँ प्रविधिको उपयोग मार्फत हर्ष बढाई गरेको हो ।

“वसन्त चाडको सांगितिक गाला”को आयोजना सन् १९८३ देखि शुरु भएको हो । विगत ४० वर्षदेखि त्यसको निरन्तरता हुँदै आएको छ । “वसन्त चाडको सांगितिक गाला”का कार्यक्रमहरुको विषय, प्रदर्शन गर्ने तरिका र त्यसमा रहेको उच्च प्रविधिले चीनका मनोरञ्जन टेलिभिजन कार्यक्रमहरुको सर्वोच्च स्तरको प्रतिनिधित्व गर्छन् ।

विश्वका १७० भन्दा धेरै मुलुक र क्षेत्रका ७०० भन्दा बढी सञ्चार माध्यमहरुले चालू वर्षको “वसन्त चाडको सांगितिक गाला”बारे प्रत्यक्ष प्रसारण गर्ने अथवा रिपोर्ट गरेका छन् । सीएमजी

Facebook Comments