Fri. May 17th, 2024

आजका केही महत्वपूर्ण फोटोहरु

सूर्योदय/काभ्रे जिल्ला, पनौती नगरपालिका चामखर डाँडाबाट अङ्ग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ आइतबार देखिएको सूर्योदयको दृष्य । यहाँबाट गौरीशंकर, आमाडब्लमलगायतको हिमाल देख्न सकिन्छ । तस्बिर : रत्न श्रेष्ठ,रासस

काठमाण्डौं, २०७९ पुस १७ गते आईतबार । आज अंग्रेजी नव वर्ष सन् २०२३ को पहिलो दिन । आज शंकलन गरिएका केही महत्वपूर्ण फोटाहरु…………

सूर्योदय/काभ्रे जिल्ला, पनौती नगरपालिका चामखर डाँडाबाट अङ्ग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ आइतबार देखिएको सूर्योदयको दृष्य । यहाँबाट गौरीशंकर, आमाडब्लमलगायतको हिमाल देख्न सकिन्छ । तस्बिर : रत्न श्रेष्ठ,रासस
तोरीबारी/विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मपुरामा पहेँलै फुलेको तोरीबारी । तस्बिर : मनोज दाहाल, रासस

सुकेर तयारी भएको नेपाली कागज सङ्कलन गर्दै श्रमिक/गोरखा नगरपालिका-६, नयाँबस्तीमा रहेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा घाममा सुकेपछि तयारी भएको नेपाली कागज सङ्कलन गर्दै श्रमिक । तस्बिर: दीपक श्रेष्ठ, रासस
नेपाली कागज उत्पादन/गोरखा नगरपालिका-६, नयाँबस्तीमा रहेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा नेपाली कागज बनाउँदै श्रमिक । यहाँ उत्पादन हुने गरेको कागज जापानसम्म बिक्री हुने गरेको छ । तस्बिर: दीपक श्रेष्ठ, रासस
भुँडीफोर चरा/चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१७ अमलटारीस्थित सिमसारमा देखिएको भुँडीफोर (गरुड) चरा । सर्प, माछा र पानीकीरालाई आहारा बनाउने यो चरा सिमसारको घट्दो अवस्था र जलवायु परिवर्तनको कारण बिस्तारै सङ्कटमा परेको प्रजाति हो । तस्बिरः टेकराज पोखरेल,रासस
जानकी मन्दिरको सन्ध्याकालिन दृश्य/अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा धनुषाको जनकपुरधाममा रहेको माता जानकीको मन्दिरमा देखिएको सन्ध्याकालिन दृश्य । सीमावर्ती भारतीय क्षेत्रबाट नयाँ वर्ष मनाउन आएका व्यक्तिहरुका साथै स्थानीयको यहाँ बाक्लो उपस्थिति रहेको छ । तस्बिर: टिकाराम सुनार, रासस

Facebook Comments