काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते
काबुल, २०७९ पुस १७ गते आईतबार । काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ ।
तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् ।
उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि यो अर्को विस्फोटको घटना हो ।
तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको जानकारी दिएका छन् ।
पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ। रासस–एएनआई