Sat. Apr 20th, 2024

निश्चल नेपालको नयाँ गीत “चस्किन्छ यो मुटु” सार्वजनिक

- क्यानडामा नेपाल चिनाउँदै निश्चल

काठमाण्डौं, २०७९ मंसिर १४ गते बुधबार । क्यानडाका नेपालीहरुबीच लामो समयदेखि लोकप्रिय युवा गायक तथा कलाकार निश्चल नेपालको नयाँ गीत “चस्किन्छ यो मुटु” सार्वजनिक भएको छ ।

माया, प्रेम, समर्पण र सहकार्यका भावनासहित जीवनका यात्राहरु सहज रुपमा पुरा गर्न सकिने गम्भिर सन्देश बोकेको सो गीत यसै सोमबार सार्वजनिक भएको हो । नेपाल आइडलकी दमदार प्रतियोगी तथा चर्चित गायक अस्मिता अधिकारीको युट्युब च्यानलबाट सो गीत सार्बजानिक गरिएको हो । निश्चल नेपालको आफ्नै लगानी र उत्पादनबाट निर्माण गरिएको उक्त गीतको लिप्सिङ म्युजिक भिडियोमा गायक निश्चल नेपाल र अस्मिता अधिकारीको जीवन्त अभिनय रहेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा एक दशक अघि क्यानडा पुग्नु भएका गायक तथा कलाकार निश्चल नेपालले क्यानडामा वसेर वर्षौदेखि नेपाली कला, संगीत, भाषा र संस्कृतिको सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ । बडादशैं, तिहार, तिज, फागुपूर्णिमा जस्ता पर्वहरुलाई विभिन्न समारोहको आयोजना गर्दै भव्य रुपमा मनाउने गरिएको नेपालको भनाई छ । आफु स्वयं संगीतको पारखी भएको बताउने नेपाल क्यानडामा आयोजना हुने विभिन्न समारोह र भेटघाटमा नेपाली गीत पनि गाउनु हुन्छ । भख्खरै जन्मेर क्यानडा बस्न पुगेका र क्यानडामै जन्मिएका नेपालीहरुलाई नेपाली संस्कृतिको बारेमा जानकारी होस् भन्ने उद्धेश्यले नेप्लिज क्यानेडियन सोसाईटी अफ एड्मन्टन क्रियाशिल रहेको नेपालको कथन छ ।

गीत, संगीत र अभिनयमा मात्र होइन नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि नेपाल उत्तिकै चासो राख्नु हुन्छ । नेपालमा वर्षेनी लाखौं युवाहरु वेरोजगार रहन बाध्य भएको र उनीहरुका लागि रोजगारीको उचित अवसर नभएर विदेशीनु पर्ने बाध्यता रहेको बताउदै निश्चल नेपाल युवाहरुलाई स्वदेशमै ज्ञान र सीपले परिपूर्ण बनाउनु पर्ने बताउनु हुन्छ । 

गीत, संगीत र अभिनयमा मात्र होइन नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि नेपाल उत्तिकै चासो राख्नु हुन्छ । नेपालमा वर्षेनी लाखौं युवाहरु वेरोजगार रहन बाध्य भएको र उनीहरुका लागि रोजगारीको उचित अवसर नभएर विदेशीनु पर्ने बाध्यता रहेको बताउदै निश्चल नेपाल युवाहरुलाई स्वदेशमै ज्ञान र सीपले परिपूर्ण बनाउनु पर्ने बताउनु हुन्छ ।

गीत, संगीत र अभिनयमा मात्र होइन नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि नेपाल उत्तिकै चासो राख्नु हुन्छ । नेपालमा वर्षेनी लाखौं युवाहरु वेरोजगार रहन बाध्य भएको र उनीहरुका लागि रोजगारीको उचित अवसर नभएर विदेशीनु पर्ने बाध्यता रहेको बताउदै निश्चल नेपाल युवाहरुलाई स्वदेशमै ज्ञान र सीपले परिपूर्ण बनाउनु पर्ने बताउनु हुन्छ । क्यानडाबाट केही समयका लागि नेपाल आउनु भएका निश्चलले आफ्नो पछिल्लो गीत “चस्किन्छ यो मुटु”लाई साथ, सहयोग, समर्थन र प्रतिक्रिया दिन सबैलाई अनुरोध गर्नुभएको छ ।

आशा अनि विश्वास गरौं प्रवासी नेपालीहरुको मातृभूमिप्रतिको अगाध प्रेम, कठीन जीवनयापन र उज्यालो भविष्यको मीठो कल्पाना निश्चल नेपालको गीत “चस्किन्छ यो मुटु”सँगसंगै अविरल वगिरहनेछ एउटा गन्तव्यमा पुग्नलाई ।।

निश्चल नेपाललाई सफल संगितिक यात्राको लागि हार्दिक शुभकामना ।

Facebook Comments