Fri. May 3rd, 2024

सुनसरी ३ बाट भगवती चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी   

- विजयकुमार गच्छदारको नराम्रो पराजय

इनरुवा, २०७९ मंसिर १३ गते मंगलबार । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गर्नुभयो । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ । २०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आउनुभएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ । त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा एमालेका रामदेव यादव निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विन्देश्वर यादवलाई पाँच सय ८८ मतान्तरले पराजित गर्नुभएको हो । रामदेवले १९ हजार चार सय ७९ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका विन्देश्वरले १८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments