Fri. May 3rd, 2024

डा. नारायण खड्का उदयपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित   

कटारी, २०७९ मंसिर १४ गते बुधबार । उदयपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ । खड्काले ३१ हजार २ सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले )की मञ्जुकुमारी चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा ७६ हजार ७ सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार ३ हजार ९ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा. खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ । वि.सं. २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाउनुभएकी चौधरीलाई पराजित गर्नुभएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

Facebook Comments