Mon. May 6th, 2024

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक

- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अस्वीकार

काठमाण्डौं, २०७९ कात्तिक १५ गते मंगलबार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशनको निर्णय सार्वजनिक गरेको छ ।
काठमाडौँको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा आज पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाले नवौं महाधिवेशनले गरेका  निर्णय सार्वजनिक गरेको हो  ।
पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपाका नेता  खड्गबहादुर विश्वकर्माले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अस्वीकार गर्ने बताउनुभयो ।
उहाँले विप्लव नेकपाले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने पनि बताउनुभयो । रेडियो नेपाल
Facebook Comments