Wed. Apr 24th, 2024

चीनको अन्तरिक्ष स्टेशन सम्पूर्ण मानवजातिको लागि अन्तरिक्ष घर हुँदै

काठमाण्डौं, २०७९ कात्तिक १५ गते मंगलबार । पैचिंग समय अक्टोबर ३१ तारिख दिउँसो ३ बजे ३७ मिनेटमा, चिनियाँ अन्तरिक्ष स्टेशनको तेस्रो ठूलो भाग मङथ्यान प्रयोगात्मक मोड्युल प्रक्षेपण गरिएको छ। लगभग ८ मिनेटपछि मङथ्यान प्रयोगात्मक मोड्युल सफलतापूर्वक रकेटबाट अलग गरियो र पूर्वनिर्धारित कक्षमा प्रवेश गर्यो र प्रक्षेपण मिशन पूर्ण रूपमा सफल भयो। जसबाट चिनियाँ अन्तरिक्ष स्टेशन “दुई केबिन” बाट “तीन केबिन” मा परिवर्तन भएको र टी आकारको कन्फिगरेसनको निर्माण कार्य पूरा गर्ने भावार्थ छ।

अन्तरिक्ष स्टेशनको निर्माण चीनको एयरोस्पेस उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गा हो। सन् १९९२ मा मानवयुक्त अन्तरिक्ष उडान परियोजनाको आधिकारिक स्वीकृतिदेखि २०२२ मा अन्तरिक्ष स्टेशनको कक्षीय निर्माण सम्पन्न गर्नसम्म चिनियाँहरूले अन्तरिक्ष घर बनाउनका लागि असाधारण ३० वर्ष पार गरेका छन्। मानवरहित उडानदेखि मानवसहित उडानसम्म, एक अन्तरिक्ष यात्रीबाट धेरै अन्तरिक्षयात्रीसम्म, छोटो अवधिको बसाइदेखि मध्यम र दीर्घकालीन बसाइसम्म… विगत ३० वर्षमा चिनियाँ अन्तरिक्ष यात्रीहरूले धेरै केन्द्रीय प्रविधि हासिल गरेका छन्। जसले अन्तरिक्ष स्टेशन निर्माणका लागि भरपर्दो प्राविधिक जग खडा गरेको छ।

विशेष गरी विगत १० वर्षमा चीनको एयरोस्पेस विकास “फास्ट लेन” मा प्रवेश गरेको छ। १० वर्षयता चाइना एरोस्पेसले २७४ वटा प्रक्षेपण गरेको छ, र पछिल्ला पाँच वर्ष थप गहन छन्। १९२ रकेट प्रक्षेपण भने लङ मार्च रकेट प्रक्षेपणको कुल संख्याको ४३.२ प्रतिशत हो। यी उपलब्धिहरूले चीनलाई एयरोस्पेस शक्तिहरूको सूचीमा पुर्‍याएको छ।

अन्तरिक्ष सबै मानवजातिको हो र यसले सबै मानवजातिलाई फाइदा पुर्‍याउनु पर्छ। विश्वास छ भने निकट भविष्यमा चिनियाँ अन्तरिक्ष स्टेशन सबै मानवजातिको लागि सँगै अन्तरिक्ष अन्वेषण गर्न “नयाँ घर” बन्नेछ। यहाँ चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीहरूले ब्रह्माण्डका रहस्यहरूको मानव अन्वेषण र अन्तरिक्षको शान्तिपूर्ण प्रयोगको प्रवर्द्धनमा अग्रगामी योगदान गर्न एकसाथ काम गर्ने छन्। सीएमजी

Facebook Comments