Tue. Apr 30th, 2024

चिनियाँ जनताको महत्वपूर्ण चाड मध्य शरद पर्व आज भव्य रुपमा मनाईँदै, चाईना मिडिया ग्रुपद्वारा मध्य शरद गालाको आयोजना

काठमाण्डौं, २०७९ भदौं २५ गते शनिबार । चिनियाँ जनताको महत्वपूर्ण चाड मध्य शरद पर्वको अवसरमा आज चाइना मिडिया ग्रुपले मध्य शरद पर्व गालाको आयोजना गरिरहेको छ ।

चिनियाँ परम्परागत चाड मध्य-शरद चाडमा पारिवारीक पुनर्मिलन सबैभन्दा महत्वपूर्ण कुरा हो । यस चाडलाई भव्य रुपमा मनाउँन चिनियाँ समय अनुसार, आज शनिबार बेलुकी ८ बजेदेखि सीएमजी मध्य शरद पर्व गाला २०२२” विश्वभरका दर्शकहरूलाई एकै समयमा प्रसारण गरिएको छ ।

यस पटकको मध्य शरद पर्व गालालाई चीनमा चन्द्रमा हेर्ने प्रसिद्ध ठाँउ च्याङसु प्रान्तीय सुचौ चाङच्याकाङ सहरमा आयोजना गरिएको छ र जल शहर विशेषतायुक्त “सु-शैलीको मध्य-शरद पर्व”को अद्वितीय गाला प्रस्तुत गरिएको छ ।

सीएमजीका अनुसार चालु वर्षको मध्य-शरद पर्व गालामा “विचार + कला + प्रविधि” भन्ने नविन विचार केन्द्रित भइ भावनात्मक, कलात्मक अभिव्यक्ति, गहिरो सांस्कृतिक संचय र कोमल वास्तविक परिदृश्यहरू यस गालामा संयोजन गरिएको छ ।

मध्य शरद पर्वमा चिनियाँहरु विशेष किसिमको चन्द्रमा केक खाने गर्दछन् । जसलाई मुनकेक पनि भनिन्छ । यस पर्वको उपलक्ष्यमा, शेनचौ १४ अन्तरिक्षयानका यात्री छन तोङ, लिउ याङ र छाइ स्युचले चिनियाँ अन्तरिक्ष स्टेशनमै चिनियाँ इतिहासमा पहिलो “स्पेस मध्य शरद पर्व“ मनाउँदै छन् ।

ती ३ जना चिनियाँ अन्तरिक्षयात्रीहरूले मध्य शरद चाड गालाका लागि एक विशेष भिडियो रेकर्ड गर्ने कार्यक्रम समेत रहेको चाईना मिडिया ग्रुपले बताएको छ ।

साथै अन्तरीक्ष यात्रीहरुले विश्वभरका चिनियाँहरू र चिनियाँ मूलका विदेशीहरूलाई मध्य-शरद पर्वको आशीर्वाद र शुभकामना पनि दिने कार्यक्रम रहेको छ । गायिका ली युछुनले मध्य शरद पर्व गालामा “आकाशगंगामा ताराहरू“नामक गीत गाउँदै अन्तरिक्षलाई मध्य-शरद पर्वको शुभकामना दिने कार्यक्रम पनि रहको छ ।

Facebook Comments