Sun. May 10th, 2026

भट्टराई कुल वंश प्रतिष्ठान नेपाल-विराटनगर महानगरपालिकाकाे नगर भेला सम्पन्न

       

महेश भट्टराई/विराटनगर, २०७९ भदौं २५ गते शनिबार । भट्टराई कुल वंश प्रतिष्ठान नेपाल विराटनगर महानगरपालिकाले दशैं, तिहार र छठ पर्वकाे उपलक्ष्यमा आज शुभकामना आदान प्रदान साथै नगर भेला आयाेजना गरेको छ ।

कार्यक्रमकाे सभापतित्व भट्टराई कुल वंश प्रतिष्ठान नेपाल विराटनगर महानगरपालिका अध्यक्ष रमानाथ भट्टराईले गर्नुभएको छ । प्रमुख अतिथिका रूपमा भट्टराई कुल वंश प्रतिष्ठान नेपालका केन्द्रीय कार्यालय अध्यक्ष शेरबहादुर भट्टराई, विशिष्ट अतिथिहरूमा भट्टराई सेवासमाज केन्द्रीय कार्यालय विराटनगरका उपाध्यक्ष शिरमणी भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालय उपाध्यक्ष दिनेश कुमार भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालय कार्यभार महासचिव जिवराज भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालय काेषाध्यक्ष मनाेज कुमार भट्टराई, केन्द्रीय सदस्यहरू कृष्ण बहादुर भट्टराई, बद्री प्रसाद भट्टराई, मनरघरे भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान जिल्ला अध्यक्ष तेजकुमार भट्टराई, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्यहरू, वाग्मती प्रदेश संस्थापक अध्यक्ष एवम् भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय सदस्य राजेश कुमार भट्टराई , विराटनगर भित्रका भट्टराई बाैदिक व्यक्तित्वहरू लगायत करिब २०० जनाकाे उपस्थित रहेको थियो ।

कार्यक्रमकाे प्रमुख उदेश्य विभिन्न गाउँपालिका , जिल्ला र प्रदेशमा छरिएर रहेका भट्टराईहरूलाई एकिकृत गर्ने, अधिकार र सुमधुर सम्बन्ध कायम राख्नका लागि भेला आयोजना गरिएको विराटनगर महानगरपालिकाका सचिव पराशर भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमकाे उदघाेषक महानगर सचिव पराशर भट्टराईले गर्नुभएको थियो । कार्यक्रम पुष्पलाल स्मृति सामुदायिक भवन विराटनगर-३ पुष्पलाल चाैकमा सम्पन्न भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार