Thu. May 16th, 2024

आजका महत्वपूर्ण तस्विरहरु

दार्चुलामा बाढीको बितण्डा

काठमाण्डौं, २०७९ भदौं २५ गते शनिबार ।

तातोपानी गाउँपालिका ५ जुम्ला बाँजारावलामा रहेको बगैँचामा पाकेको स्याउ । तस्बिर : शुरबहादुर सिंह, रासस
शुक्लाफाँटा नगरपालिका २ ढकनियास्थित सनवोरा नदी छेउको बगरमा चारो खोज्नका लागि हिड्दै गरेको फाप्रे चरा । उड्दा पुतली जस्तै देखिने यो चरा जमिनमा ठोंडले घोच्दै कीराहरु खोज्ने र खाने गर्दछ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना । लिम्बु भाषामा फङफङदेन नाम रहेको यो झरना मध्य मेवा जलविद्युत् आयोजना क्षेत्रमा रहेकाले अहिले पूर्वाधार सुविधा पुगेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट करिब चार घण्टा सवारी यात्रामा दोभान बजार हुँदै पुगिने झरना करिब ३०० मिटर अग्लो छ । झरनामा बाह्रै महिना पानीको मात्रा राम्रो हुन्छ । तस्बिरः विराट अनुपम/रासस
नुवाकोटको पञ्चकन्या–१ स्थित ‘पञ्चकन्या एग्रो टुरिजम प्रालि’को फर्ममा लगाइएको ड्रागन खेती । रु दुई करोड लगानीमा ४७ रोपनी जग्गामा लगाइएको १३ हजार बिरुवाले रोपेको १५ महिनादेखि नै फल दिन सुरु गरेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस
सुनसरीको इनरूवास्थित बिहीबारेमा माटोका सामग्री सुकाउँदै स्थानीय कुमाले । आधुनिक तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेर माटोको भाँडाकुँडाको बजार घटेपछि यहाँका आधाजसो कुमालेले पुख्र्यौली पेसा छाडेका छन् । तस्बिर :नवीन गड्तौला/रासस

 

 

 

Facebook Comments