Sat. May 4th, 2024

मन्दिर र सम्पदा क्षेत्रका अवैध पसल हटाउन महानगरको अल्टिमेटम

काठमाण्डौं, २०७९ भदौं १९ गते आईतबार । काठमाण्डौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पसल हटाउने भएको छ।

इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ ।

मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँबायाँ दूध डेरी रहेका पसलहरू हटाउन निर्देशन दिएको हो । २४ घण्टा समय दिएर काठमाण्डौंको सौन्दर्य, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसाय हटाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

Facebook Comments