Sat. May 4th, 2024

भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडे काठमाण्डौंमा

फोटो : नेपाली सेनाको वेभसाईट

काठमाण्डौं, २०७९ भदौं १९ गते आईतबार । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे काठमाण्डौं आइपग्नुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उहाँ नेपाल आउनुभएको हो । पाँच दिने नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रहँदै आएको छ ।

Facebook Comments