Sat. May 18th, 2024

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

फाईल फोटो

काठमाण्डौं, २०७९ भदौं १९ गते आईतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले पदबाट राजीनाको घोषणा गर्नुभएको हो ।

संसद जानुअघि आइतवार बिहान काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोल्दै लिङ्देनले मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलको संसदको आयु बढाउन खोजिएको भन्दै अब संसदबाट तलवभत्ता नलिने गरी सांसदको पद छाड्ने घोषणा गर्नुभएको थियो ।

पार्टी बैठकबाट संसद् बैठक जानु भएका अध्यक्ष लिङदेनले राजीनामाको घोषणा गर्नुभएको हो ।

Facebook Comments