Sat. May 4th, 2024

नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments